२.१२.१ गोठको व्यवस्था
|
सि. नं. |
खोर |
क्षेत्रफल |
पालिने बाख्रा संख्या |
कैफियत |
|
१ |
पाठापाठीको खोर - 1 |
48 बर्ग मिटर |
250 |
दुवै खोरमा २५० |
|
२ |
व्याउने माउ बाख्राको खोर - 2 |
१00 बर्ग मिटर |
250 |
|
|
३ |
माउ बाख्राको खोर - 3 |
117 बर्ग मिटर |
200 |
|
|
४ |
बोयर qm;बाख्राको खोर - 4 |
55 बर्ग मिटर |
40 |
|
|
५ |
बोयर बाख्राको खोर (नयाँ) - 7 |
165 बर्ग मिटर |
69 |
|
|
6 |
बोकाको खोर -6 |
57 बर्ग मिटर |
15 |
|
|
7 |
बाख्राको खोर - 5 (काटेको घाँस राखिएको) |
47 बर्ग मिटर |
- |
प्रयोगमा नआएको |
|
|
जम्मा |
589 ब.मि. |
|
|
हालसम्म 370 बाख्राको लागि 7 वटा 447 वर्ग फिट क्षेत्रफलका खोरहरु यस केन्द्रमा रहेका छन् । खोरमा डुड र हे ¥ofssf] छुट्टा छुट्टै व्यवस्था गरिएको छ । पाठापाठी, व्याउने, थारो, दुध खुवाउने माउ र बोका समुहलाई अलग अलग राख्ने व्यवस्था मिलाएको छ । साथै खोरको बाहिर 9 कोठा भएको अलग अलग यार्ड र यस भित्र हे ¥ofs, डुड, पिउने पानिको निमित्त धारा र डिपिङ्ग ट्याङ्कि लगायतका पुर्वाधार निर्माण गरिएका छन । तर बाख्राहरुको ग्रुप मिलाएर राख्दा खरि बाख्राको लागि खोरको ठाउँ अपुग हुने र ब्याउने समय र गर्मी समयमा बाख्रालाइ राख्न गाह्रो हुने ।
२.१२.२ परजिवी नियन्त्रणः
(क) बाह्य परजिवी नियन्त्रण
१२०० लिटर क्षमता भएको डिपिङ्ग ट्याङ्किको प्रयोग बाट बर्षमा दुई पटक आश्विन र चैत्र महिनामा बाख्राहरुलाई बाह्य परजिवी बिरुद्ध डिपिङ्ग गर्ने गरिएको छ । वाह्य परजिवीको प्रकोपको अवस्था हेरेर आवश्यकता अनुसार आईभरमेक्टिन ईन्जेक्सन पनि प्रयोग गर्ने गरिएको छ ।
(ख) आन्तरिक परजिवी नियन्त्रण
केन्द्रको फार्ममा पालिएका सबै बाख्रालाई उमेर अनुसार आन्तरिक परजिवी बिरुद्ध नियमित Drenching गरिन्छ जुन तलको तालिकामा देखाईएको छ ।
|
क्रस |
बाख्राको उमेर |
Drenching |
|
१ |
साना पाठापाठीहरुलाई |
जन्मेको १ महिनामा त्यसपछी प्रत्येक ३ महिनामा |
|
२ |
बयस्क बाख्रा तथा बोका |
प्रत्येक ३ महिनाको अन्तरालमा बर्षको ४ पटक । मनसुन सक्रिय हुने महिनाहरुमा Haemonchus जुकाको प्रकोप अत्यधिक देखिएकोले आषाढ, श्रावण, भाद्र र आश्विनमा प्रत्येक 2 महिनामा जुकाको औषधि ख्वाउन शुरु गरीएको छ । |
२.१२.३ चरन तथा आहारा व्यवस्था
जनसंख्या बृद्धि र वस्ती विकासको कारण वनको क्षेत्रफलमा संकुचन आउनु, राष्ट्रिय वन सामुदायिक वनमा परीणत हुनु र उपलब्ध वनमा पनि अति चरीचरनको कारण चरन क्षेत्रको अभावमा हाल यस केन्द्रका अधिकांश वाख्राहरुलाई वँधुवा (Stall feeding) गरी पालीएको छ । ५0 ÷ १०0 बाख्राहरुलाई मात्र बिहान १० बजे देखि वेलुकी ५ वजेजसम्म चरनमा लैजाने गरीएको छ ।वाख्राको संख्या वढ्नु तर चरन तथा घाँसको लागि जमिनको क्षेत्रफल घट्नुको कारण केन्द्रको उपलब्ध जमिनबाट नै वाख्राहरुको लागि हरीयो घाँसको जोहो गर्नु वाध्यात्मक स्थितिको सृजना भएको छ । तसर्थ जमिनको अत्यधिक उपयोग हुने गरी विभिन्न किसिमका पोषिला एक वर्षे (हिउँदे र वर्षे) तथा वहु वर्षे (कोषा भएका र नभएका दुवै) भुईं तथा डालेघाँसहरु सिजन अनुसार संघन रुपमा लगाइएको छ । सो अनुसार प्रत्येक बर्ष टाँकी, कुटमिरो, कोईरालो, किम्बु, भिमल आदि डाले घाँसहरु लगाउने गरीएको छ । केन्द्रमा उपलब्ध समथर जमिनमा बिभिन्न किसिमका एक वर्षे भुँई घाँसहरु जस्तै टियोसेन्टी, जै, मकै, भटमास, बाजरा, भेच, एम.पि.चरी आदि घाँसहरु लगाउने गरीएको छ भने अन्य स्थानमा जमिन र घाँसको प्रकृति हेरी बिभिन्न प्रकारका बहुबर्षे घाँसहरु जस्तो नेपियर, फरेज पिनट, ग्लाईसिन, सेन्ट्रो, क्लोभर, मुलाटो र पास्पालम आदि बिभिन्न किसिमका घाँसहरु लगाउने गरीएको छ ।
प्रत्येक दिन बिहान ९ बजे निरिक्षण तथा आवश्यक अभिलेखहरु राखे पश्चात उमेर र शारीरिक अवस्था अनुसार बाख्राहरुलाई ५० देखि 5०० ग्राम सम्म दाना खुवाउने गरीएको छ ।
२.१२.४ प्रजनन् व्यवस्था
बाख्रामा बैशाख/जेष्ठ र असोज/कार्तिक महिनामा वाली लगाए पछि जन्मेका पाठापाठीहरु राम्ररी हुर्कने र तिनीहरुको मृत्युदर पनि न्युन हुने भएकोले उल्लेखित महिनाहरुमा वाली लगाउन नियन्त्रित प्रजनन प्रणाली अपनाईएको छ । यि उल्लेख गरीएका महिनाहरुमा माउ वाख्राको वथानमा माउले बोका खोजेको लक्षण हेरी नाता नपर्ने गरी बाख्रामा उपयुक्त बोका प्रयोग गरेर प्रजनन गराउने गरीएको छ ।
२.१२.५ जैविक सुरक्षा व्यवस्थापन
- केन्द्रको फार्म भित्र अवलोकनमा आउने अवलोकनकर्ताको अभिलेख राखि जैविक सुरक्षाका उपाय अपनाई फार्म भित्र अवलोकन गर्न दिने व्यवस्था मिलाइएको छ ।
- दैनिक रुपमा फार्म भित्र बाहिर सरसफाई गरि मुल ढोका तथा फार्म वरिपरी चुना, फिनायल आदि नियमित छर्किने कार्य गरीएको छ ।
- नँया खरिद गरि बाहिरबाट ल्याइएका बाख्रा तथा बोकालाई १४ दिनसम्म अलग्गै राखि मात्र बथानमा मिसाउने गरीएको छ ।
- नियमित रुपमा भ्याक्सिन तथा उपचारको व्यवस्था मिलाइएको छ ।
२.१२.६ स्वास्थ्य व्यवस्थापन
पाठापाठी, ब्याउने माउ, ब्याएका माउ, बिरामी बाख्रा, प्रजनन बोका, पठ्याङ्ग्रा र पठ्याङ्ग्रीहरुलाई अलग अलग गोठमा राखेर दाना, पानी, घाँस ख्वाउने प्रवन्ध मिलाईएको छ । वाख्राहरुलाई आवश्यकता अनुसार पि.पि.आर., खोरेत तथा अन्य रोग विरुद्ध खोप लगाउने गरीएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढी सँग समन्वय गरेर रोग निदान गरी विरामी पशुहरुको उपचार गर्ने ब्यवस्था मिलाईएको छ ।बिरामी भएका बाख्रा बोकाहरुलाई अलग्गै राखि उपचार एवं रोग नियन्त्रणका उपायहरु अपनाईएको छ । प्रत्येक 2 महिनामा ड्रेन्चिङ्ग र बर्षको दुईपटक डिपिङ्ग गर्ने गरीएको छ । तर Haemonchus जुकाको प्रकोप अत्यधिक देखिएको कारण आषाढ, श्रावण, भाद्र र आश्विन महिनामा भने प्रत्येक 1 महिनाको फरकमा जुकाको औषधि ख्वाउने गरीएको छ ।ख्वाएको औषधिको प्रभावकारीता हेर्न औषधि ख्वाए पछि Faecal Sample को EPG गणना गर्ने गरीएको छ । आवश्यकता अनुसार टि,वी., ब्रुसेलोसिस र गोबर जाँच गरि केन्द्रका बाख्राहरुलाई स्वस्थ राख्ने व्यवस्था मिलाईएको छ ।विगत आ.व. २०५६/०५७ देखि
केन्द्र भित्र र केन्द्र अन्तर्गतका श्रोतकेन्द्र, समुहका बाख्रा र आसपासका कृषकहरुका बाख्रा समेतलाई PPR विरुद्ध खोप कार्यक्रम संचालन गर्नुका साथै आन्तरिक र बाह्य परिजिवी विरुद्ध औषधि प्रयोग गर्ने कार्यक्रम संचालन गरिएको छ । यस कार्यबाट आसपासका क्षेत्रबाट यस केन्द्रमा पालन गरीएका वाख्राहरुलाई हुन सक्ने रोगको संक्रमणलाई नियन्त्रण गर्न सहयोग मिलेको छ ।
२.१२.७ अभिलेख (Record) व्यवस्थाः
प्रत्येक बाख्राको लागि सबै किसिमको सूचना आउने गरी ब्यक्तिगत अभिलेख (Individual Record) राख्ने व्यवस्था गरिएको छ । यसको अलावा निम्न अनुसारका अभिलेखहरु राख्ने गरीएको छ ।
केन्द्रको फार्ममा राखिएका अभिलेखहरु
- Daily Stock Register
- Mating Recoed
- Kidding Record
- Pedigree Record
- Monthly Body Weight Record
- Tagging and Management Record
- Daily Feeding Record
- Distribution Record
- Treatment Record
- Mortality Record
- Postmortem Record
२.१२.८ केन्द्रका बाख्राहरुमा देखा पर्ने मुख्य मुख्य रोगहरुः
S.N. Name of Disease
1 Internal Parasite: Nematodes, Haemonchus,Trichostrongylus, Tape worm etc.
2 External Parasite: Lice, Tick, Mange
3 Coccidiosis
4 Pneumonia
5 Contagious Ecthyma (orf)
6 Diarrhoea
7 Tympany
8 Acidosis (Impaction)
9 Caseous lymphadenitis
10 Infectious keratoconjunctivitis
11 Cough
12 Plant poisoning
13 Setariasis
14 Abortion
15 Enterotoxemia
२.१२.9 केन्द्र भित्र लगाईएका घाँस तथा डालेघाँसहरु
|
हिउँदे घाँस |
वर्षे घाँस |
वहुवर्षे घाँस |
डालेघाँस |
|---|---|---|---|
|
जै |
टियोसेन्टी |
मोलाटो |
टाँकी |
|
बर्षिम घाँस |
बाजरा |
पारा ग्रास |
कुटमिरो |
|
भेच घाँस |
ज्वाइन्ट भेच |
स्टाइलो |
तिमिलो |
|
|
|
पास्पालम |
बकाईनो |
|
|
|
मोठ नेपिएर |
काभ्रो |
|
|
|
CO3 नेपियर |
ईपिल-इपिल |
|
|
|
CO4 नेपियर |
च्युरी |
|
|
|
थिन नेपियर |
पैंयु |
|
|
|
सुपर नेपिएर |
भिमल |
|
|
|
भटमासे |
खन्यू/राइ खन्यू |
|
|
|
मेण्डुला |
कोईरालो |
|
|
|
सुम्बा सेटेरीया |
तुसारे |
|
|
|
ग्वाटे माला |
किम्बु |
|
|
|
अमृसो |
a]8'nf] |
|
|
|
रेड नेपियर |
सानो बाँझ |
|
|
|
|
बकाईनो |
|
|
|
|
चिप्ले काउलो |
२.१२. १0 केन्द्रबाट विक्री वितरण गरिने वस्तु तथा सामग्रीको मुल्य सूचि
क. मिति २०७४।०६।०६ गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा बसेको दररेट निर्धारण समितिको निर्णयानुसार
|
सि.नं. |
विवरण |
इकाई |
कायम भएको दररेट |
|---|---|---|---|
|
१ |
प्रजनन योग्य बोका (स्थानिय) |
जिवित तौल प्रति कि.ग्राम |
#&% |
|
२ |
प्रजनन योग्य खरी बाख्रा (स्थानिय) |
जिवित तौल प्रति कि.ग्राम |
#)) |
|
३ |
प्रजनन योग्य बेयर बोका (बोयर) शुद्ध नश्ल |
जिवित तौल प्रति कि.ग्राम |
!))) |
|
४ |
प्रजनन योग्य बाख्रा (बोयर) शुद्ध नश्ल |
जिवित तौल प्रति कि.ग्राम |
&)) |
|
५ |
प्रजनन योग्य बोका (बोयर क्रस) &%% |
जिवित तौल प्रति कि.ग्राम |
&)) |
|
^ |
प्रजनन योग्य बोका (बोयर क्रस) %)% |
जिवित तौल प्रति कि.ग्राम |
%)) |
|
& |
प्रजनन योग्य बाख्रा (बोयर क्रस) &%% |
जिवित तौल प्रति कि.ग्राम |
%)) |
|
* |
प्रजनन योग्य बाख्रा (बोयर क्रस) %)% |
जिवित तौल प्रति कि.ग्राम |
$)) |
|
( |
प्रजनन अयोग्य बोका (सबै जात) |
जिवित तौल प्रति कि.ग्राम |
#)) |
|
!) |
प्रजनन अयोग्य बाख्रा (सबै जात) |
जिवित तौल प्रति कि.ग्राम |
@@% |