नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय
पशु सेवा विभाग

बाख्रा आनुवंशिक श्रोत केन्द्र

गोदावरी -४, बुढीतोला, कैलाली

परिचय

बाख्रा आनुवांशिक स्रोत केन्द्र, बुढीतोला सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको गोदावरी नगरपालिका–४, बुढीतोला स्थित सरकारी संस्था हो। यसको स्थापना वि.सं. २०४० साल चैत्र २० गते "बाख्रा विकास फार्म, बुढीतोला" को नाममा गरिएको थियो। पछिल्लो समय वि.सं. २०७५ साल श्रावण महिनादेखि यस फार्मको नाम परिमार्जन भई हालको नाम "बाख्रा आनुवांशिक स्रोत केन्द्र, बुढीतोला" राखिएको हो।

भौगोलिक अवस्थिति

यो केन्द्र समुद्री सतहबाट करिब १,२०० मिटर उचाइमा अवस्थित छ। भौगोलिक दृष्टिले चुरे र महाभारत पर्वतशृङ्खलाको भञ्ज्याङ्गमा, धनगढी–डडेल्धुरा (भिमदत्त लोकमार्ग) सडकको छेउमा रहेको छ। अत्तरिया चोक (पूर्व–पश्चिम लोकमार्ग) बाट २५ किलोमिटर उत्तर र कैलाली सदरमुकाम धनगढीबाट ४० किलोमिटरको दूरीमा पर्छ। चारैतिर जंगलले घेरिएको यो केन्द्र शान्त र प्राकृतिक वातावरणमा अवस्थित छ।

केन्द्रको विशेषता

बाख्रा आनुवांशिक स्रोत केन्द्र, बुढीतोलालाई संघीय सरकार अन्तर्गतको एक मात्र पूर्वाधारसहितको नमूना बाख्रा विकास फार्मको रूपमा लिइन्छ। प्रारम्भिक कालदेखि नै साविक जिल्ला पशु सेव... थप पढ्नुहोस्

फोटो ग्यालरी

भिडियो ग्यालरी