नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय
पशु सेवा विभाग

बाख्रा आनुवंशिक श्रोत केन्द्र

गोदावरी -४, बुढीतोला, कैलाली

केन्द्रको संक्षिप्त जानकारी

परिचय

सरकारी स्तरबाट वि.सं. २०४० साल चैत्र २० गते बाख्रा विकास फार्म, बुढीतोला को नामले स्थापना गरिएको यो बाख्रा आनुवांशिक स्रोत केन्द्र सुदूर पश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको गोदावरी नगरपालिका, वडा नं. ४ बुढीतोला मा अवस्थित छ।

पछिल्लो पटक वि.सं. २०७५ साल श्रावण महिनादेखि यस फार्मको नाम परिमार्जन भई हालको बाख्रा आनुवांशिक स्रोत केन्द्र, बुढीतोला रहेको हो।


भौगोलिक अवस्थिति

  • समुद्री सतहबाट उचाइ: करिब १२०० मीटर

  • स्थान: धनगढी–डडेल्धुरा (भिमदत्त लोकमार्ग) सडकको छेउ, चुरे र महाभारतको भञ्ज्याङ्गमा

  • दूरी:

    • अत्तरिया चोक (पूर्व–पश्चिम लोकमार्ग): २५ कि.मी. उत्तर

    • सदरमुकाम धनगढीबाट: ४० कि.मी.

  • वरपर: चारैतिर जंगलले घेरिएको


संघीय सरकार अन्तर्गतको नमूना बाख्रा फार्म

यो केन्द्रलाई आवश्यक पूर्वाधारसहितको एक मात्र नमूना बाख्रा विकास फार्मको रूपमा लिइन्छ।


प्रारम्भिक सेवा/उपलब्धता

स्थापनाकालदेखि:

  • साविक जिल्ला पशु सेवा कार्यालयहरू, सरकारी/गैरसरकारी निकायहरू, कृषक समूह तथा समितिहरूलाई

  • स्थानीय तथा उन्नत जातका बाख्रा (जमुनापारी, वारबेरी)

  • बाख्रापालन प्रविधि

  • उन्नत घाँस, डाले घाँसको विउ तथा बिरुवा
    उपलब्ध गराउँदै आएको।


हालको सेवा/मुख्य बिंदुहरू

  • शुद्ध खरी बाख्रा

  • शुद्ध बोयर बाख्रा

  • वर्णशंकर बोयर जातका बोका तथा पाठापाठीहरू

उपलब्ध गराइँदै आएको छ।


फार्म संरचना तथा पूर्वाधार (क्षेत्रफल: १४.१५ हेक्टर)

  • ६ वटा बाख्राका खोरहरू

  • १ वटा कार्यालय भवन

  • २ वटा आवास भवन

  • २ वटा पाले भवन

  • १ वटा स्टोर भवन

???? १ मात्र तालिम भवन द्वन्द्वकालमा ध्वस्त भएको र हाई टेन्सन लाइन मुनि परेका कारण क्षतिपूर्ति रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गरिसकिएको छ।


बोयर जातको सुरुवात

आ.व. २०७२/०७३ मा कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत:

  • २५ वटा बोयर माउ३ वटा बोयर बोका

  • अष्ट्रेलियाबाट आयात गरी पालन थालिएको।


घाँस तथा आहाराको व्यवस्था

  • हिउँदे, वर्षे, बहुवर्षे र उन्नत घाँसको उत्पादन

    • औसत ३०० बाख्राको आहाराको परिपूर्ति

  • डाले घाँस (करीब ५००० वटा बिरुवा):

    • कुटमिरो, टाँकी, काभ्रो, तिमिलो, इपिल-इपिल, पैँयू, हर्रो, खन्यू, भिमल, कोईरालो, तुसारे, किम्बु, जमुना, बाँझ, बेडुलो, बकाईनो, मेण्डुला, भटमासे आदि

 यी घाँसहरूले बाख्राको आहारामा सहयोग गर्नाका साथै वातावरणलाई रमणीय बनाएका छन्।


चरनको समस्या र भविष्यको चुनौती

  • विगतमा जंगल नजिकैको पातलो बस्तीले चरनको समस्या थिएन

  • तर अब:

    • मानव बस्तीको वृद्धि

    • चरन क्षेत्र सामुदायिक वनमा परिणत

    • सामुदायिक वन विस्तार

    • चरिचरनको व्यवस्थापन अभाव

२ ग्रुप खरी बाख्राबाहेक अन्य सबैलाई पूर्ण वँधुवा (stall-fed) गरी पालन गरिँदैछ।


नीतिगत आवश्यकता

निकट भविष्यमा सबै बाख्रा पूर्ण वँधुवा प्रणालीमा पालन गर्नु पर्ने देखिन्छ।
यसको लागि:

  • जमिनको क्षेत्रफल विस्तार

  • पोषिला घाँसयुक्त चरन क्षेत्रको विकास

 नीति तहमै आवश्यक भइसकेको छ।