- केन्द्रमा शुद्ध खरी जातको बथानको विकासको लागि आवश्यक व्यवस्थापन गर्ने ।
- खरी बाख्राका पाठापाठी उत्पादन तथा विक्रि वितरण गर्ने।
- शुद्ध नश्लको बोयर बाख्रा पालन तथा यसका वर्णशंकर पाठापाठीको उत्पादन गर्ने ।
- उन्नत घाँस तथा डाले घाँसको विउ विरुवा उत्पादन एवं वितरण गर्ने ।
- केन्द्र अन्तर्गत खरी बाख्राको श्रोत केन्द्र विकासको लागि विभिन्न कार्यक्रमहरु जस्तै स्थलगत तालिम, ड्रेन्चिङ्ग, डिपिङ्ग, ट्यागिङ्ग, घाँस तथा डाले घाँसको विउ विरुवा वितरण तथा कृषकहरुलाई अन्य आवश्यक प्राविधिक सरसल्लाहहरु दिने ।
- बाख्रापालन सम्बन्धि प्राविधिक जानकारी मुलक लेख रचनाको प्रकाशन तथा वितरण गर्ने ।
- व्यवसायिक कृषक, बिधार्थी तथा अन्य जिज्ञासु व्यक्ति, संघसंस्थाहरुलाई फार्म अवलोकन गराई आवश्यक प्राविधिक सरसल्लाह दिने ।
- आधुनिक प्रविधिबाट बाख्रापालन गरी नमूनाको रुपमा कृषकहरुमा प्रचार प्रसार गर्ने ।