- राष्ट्रियस्तरमा खरी तथा बोयर बाख्राको न्यूक्लियस हर्डको विकास विस्तार र व्यवस्थापन गर्ने ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास भएका नविनतम प्रविधिहरुको अनुसरण गरी उपयुत्त प्रविधिहरुको विस्तार गर्ने ।
- स्थानीय खरी बाख्राहरुमा छनौट (selection) प्रकृया अपनाई उत्पादन क्षमताको बृद्धि गर्ने ।
- बोयर बाख्राको शुद्ध नश्ल तथा क्रस पाठापाठीको उत्पादन गरी विभागिय नीति अनुसार वितरण गर्ने ।
- केन्द्रको फार्ममा उत्पादित खरी र बोयरका बोका तथा बाख्राहरु कृषक, ब्यवसायिक फार्म, सहकारी, समुह, समिती र कृषकहरुलाई श्रोत विउको रुपमा उपलब्ध गराउने ।
- बाख्रा अनुवांशिक स्रोतको संरक्षण, संवर्द्धन र सदुपयोग गर्ने ।
- बाख्रा विकासका नविनतम प्रविधिहरुको उपयोग गरी बाख्राको वाह्य स्रोत विकासका कार्यक्रम संचालन गर्ने ।