- राष्ट्रियस्तरमा खरी तथा बोयर बाख्राहरुको न्यूक्लियस र मल्टीप्लायर हर्डहरुको स्थापना तथा व्यवस्थापना गर्ने ।
- खरी बाख्राको जातिय शुद्धता कायम (Pure Line Maintainance) गर्ने ।
- बाख्रfको उत्पादकत्व बढाउने प्रविधिहरुको विकास र विस्तार गर्ने ।
- बाख्रा विकासका नविनतम प्रविधिहरुको उपयोग गरी बाख्राको वाह्य स्रोत विकासका कार्यक्रमहरु संचालन गर्ने ।
- खरी बाख्राको in-situ तथा ex-situ संरक्षण, संवर्द्धन, प्रवर्द्धन र सदुपयोग गर्दै राष्ट्रियस्तरमा बाख्रा अनुवाशिक जैविक विविधताको व्यवस्थापनमा सहयोग पुर्याउने ।
- नेपाल कृषि अनुसन्धान परिषद, विश्र्व विद्यालय तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायसंगको सहर्कायमा बाख्रा विकाससंग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान तथा प्राविधि विस्तार गर्ने ।
- बाख्रा विकाससंग सम्बन्धित विषयहरुमा राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको समन्वयमा स्थानीय र प्रादेशिक तहसंग सहकार्य गर्ने ।
- राष्ट्रियस्तरमा बाख्रापालनका विविध पक्षहरुमा क्षमता अभिबृद्धिका लागि स्थलगत व्यवहारिक तालिम, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु संचालन गर्ने ।
- केन्द्र तथा वाह्य श्रोत विकास कार्यक्रम अन्तर्गत रहेका बाख्राहरुको अभिलेखीकरण, तथ्याङ्क विश्र्लेषण तथा प्रकाशनका कार्यहरु गर्ने ।
- राष्ट्रियस्तरमा पशु आहारा सम्बन्धि नविनतम प्रविधिहरुको अनुसरण र विस्तार गर्ने ।
- घाँसका प्रजातिहरु वढाउने एवं चरन विकास र विस्तार गर्ने ।